काठमाडौं -‘तपाईँको नाममा पार्सल सामान आएको छ’ भन्दै राजस्व तिर्न पैसा माग्ने ठगी बढ्दो क्रममा रहेको भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले ठगी समूहहरूले फोनमार्फत पार्सल आएको भन्दै ठग्ने क्रम बढेकाले सचेत रहन सर्वसाधरणलाई आग्रह गरेको हो।
साथै, ठगी समूहहरूले फोनमार्फत पार्सल आएको दाबी गर्दै भन्सार कटाउन वा राजस्व तिर्नका लागि रकम पठाउन भनेपछि मात्र सामान डेलिभरी गरिदिने बहाना बनाउँदै पैसा असुल्ने गरेका छन् यस्तो फोन आएमा रकम नपठाउन र तुरुन्तै फोन काट्न प्रहरीले आग्रह गरेको छ।
प्रहरीले यस्ता घटनाबाट बच्नका लागि कुनै आधिकारिक सूचना वा कागजातबिना आएको फोन, सन्देश वा लिंकमा विश्वास नगर्न, व्यक्तिगत विवरण नदिन र शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ। आपत्कालीन अवस्थामा १०० नम्बरमा सम्पर्क गर्न सकिने तथा आवश्यक समन्वयका लागि सम्बन्धित इकाईहरूमा जानकारी गराउन सकिने प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया