सिवाईसी नेपाल लघुवित्तको लाभांश घोषणा


काठमाडौं – सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

संस्थाको पुष ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो। 

संस्थाले हाल कायम पुँजीको १२.७६ प्रतिशत बोनश शेयर र ०.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने घोषणा गरेको हो।

सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात् वितरण गरिनेछ।