काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ। यससँगै आज सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३ सय रुपैयाँ कायम भएको हो।
गत शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ५८ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
आज चाँदी तोलामा १०० रुपैयाँले बढेको छ।यससँगै चाँदी तोलामा ४१ सय ५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ४ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।





About Us
प्रतिक्रिया