सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको पुष ३ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे।

कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ६२ करोड २६ लाख ३५ हजार रुपैयाँको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्तात वितरण गरिनेछ।