सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा २५ प्रतिशत नगद लाभांश घोषणा


काठमाडौं – सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँको २५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।