काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
आज नै बसेको कम्पनी सञ्चालक समितिको १२५औं बैठकले हाल कायम चुक्ता पूँजी ५ अर्बको २० प्रतिशत अर्थात एक अर्ब रुपैयाँ नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) दिने प्रस्ताव गरेको हो । कम्पनीले सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति तथा कम्पनीको आगामी नवौं वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्नेछ ।





About Us
प्रतिक्रिया