काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि ३ जना संस्थापक शेयरधनीको नाममा रहेको २० हजार बढी संस्थापक शेयर बिक्रीमा राखेको छ ।
संस्थाले मनोज कुमार सिग्देलको नाममा रहेको १४ हजार ५ सय ४१ कित्ता, अनुजा कुमारी भट्टराईको नाममा रहेको २ हजार ५ सय कित्ता र अर्चना ढुवाडी नाममा रहेको ३ हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।
संस्थाले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता संस्थाको विद्यमान संस्थापक शेयरधनीलाई दिएको जनाएको छ । सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् ।
आवेदकले आवश्यक कागजातसहित संस्थाको केन्द्रिय कार्यालय बनेपा–५ काभ्रेपलान्चोक स्थित प्रशासन विभागमा लिखित निवेदन दिन सक्नेछन् ।






About Us
प्रतिक्रिया