काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ४ महिना कात्तिकसम्म जीवन बीमा कम्पनीहरुले ६२ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमकले कात्तिकसम्म ६२ अर्ब २१ करोड ८४ लाख कुल बीमा शुल्क संकलन गरेका हुन् ।
अघिल्लो वर्षको कात्तिकसम्म कम्पनीहरुले ५३ अर्ब ३९ करोड ३२ लाख बीमाशुल्क आर्जन गरेका थिए । कात्तिकसम्ममा सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ रहेको छ । कम्पनीले १७ अर्ब ९२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
यस्तै, बढी बीमाशुल्क संकलन गर्ने दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले कात्तिकसम्म ७ अर्ब ४७ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यसैगरी, कात्तिकसम्ममा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले ६ अर्ब ५ करोड ६७ लाख, हिमालयन लाइफले ५ अर्ब ६४ करोड ७ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ३ करोड ९३ लाख, सुर्यज्योति लाइफले ३ अर्ब ६४ करोड ५ लाख, एशियन लाइफले २ अर्ब ९९ करोड ५० लाख र सिटिजन लाइफले २ अर्ब ६६ करोड ६४ लाख बीमाशुल्क संकलन गरेका छन् ।
यस्तै, कात्तिकसम्म सानिमा रिलायन्स लाइफले २ अर्ब २८ करोड १६ लाख, मेट लाइफले २ अर्ब ९ करोड ४१ लाख, आइएमई लाइफले १ अर्ब ९४ करोड ५४ लाख, रिलायबल नेपाल लाइफले १ अर्ब ८५ करोड ८८ लाख, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८० करोड ४३ लाख र सन नेपाल लाइफले १ अर्ब ३० करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।





About Us
प्रतिक्रिया