काठमाडौं – सुपर मादि हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीलाई गत पुष ४ गते १६ औं वार्षिक साधारण सभमा बोलाएको छ।
कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सो सभा पुष ४ गते शुक्रबार, बिहान ११ बजे काठमाडौंको बत्तीसपुतली स्थित होटल इम्पेरियलमा बस्ने निर्णय गरेको हो।
कम्पनीले सो सभा प्रयोजनको लागि मंसिर १७ गते देखि गत पुष ४ गते सम्म शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) रहनेछ। जसअनुसार मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै सो सभामा उपस्थित हुन, मतदान गर्न तथा सभाबाट पारित लाभांश प्राप्त गर्न सक्नेछन्।



About Us
प्रतिक्रिया