काठमाडौं – विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले आज मङ्सिर १४ गते कम्पनीलाई एफपीओ निष्काशनको अनुमति दिएको हो।
बोर्डबाट अनुमति पाएसँगै संस्थाले ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८ सय १७ कित्ता शेयर निष्काशन गर्नेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो। संस्थाको एफपीओ निष्काशनको तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।






About Us
प्रतिक्रिया