श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा


काठमाडौं – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१l८२ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

कम्पनीले हाल चुक्ता पूँजी १ अर्ब रुपैयाँको ६.४० प्रतिशतले हुन आउने रकम ६ करोड ४० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण प्रस्ताव गरेको हो। सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी ३१औं वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले प्राप्त गर्न सक्नेछन्।