यी हुन् आज सर्वाधिक कमाउने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढ्दा ५ कम्पनीका लगानीकर्ताले ७ प्रतिशत बढीका दरले कमाएका छन्।

आज शेयर बजार ५.३२ अंकले बढेसँगै झापा इनर्जी, सागर डिष्टिलरी लिमिटेड, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज, स्वस्तिक लघुवित्त र वन्दीपुर केवलकार एण्ड टुरिजमका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका हुन्।

जसमा झापा इनर्जीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने, सागर डिष्टिलरीको लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यसैगरी, श्रीनगरले ९.९८, स्वस्तिक लघुवित्तले ८.३२ प्रतिशतका दरले कमाएका छन्। त्यससँगै, केवलकार एण्ड टुरिजमका लगानीकर्ताले ७.२३ प्रतिशतका दरले कमाएका छन्।

आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा समेत केवलकार एण्ड टुरिजम रहेको छ। आज यस कम्पनीको २७ करोड रुपैयाँ आसपास कारोबार भएको छ।

यससँगै, आज सबैभन्दा बढी जोशी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले ४.९६ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, सुपर माई हाइड्रोपावरले ३.१९, मेगा म्युचुअल फन्ड–१ का लगानीकर्ताले ३.०५ प्रतिशतका दरले गुमाएका हुन्।