काठमाडौं – निर्धन उत्थान लघुवित्तले दाङ्गको गढवा गाँउपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको गढवा शाखाले १०० जना स्थानियको उपस्थितीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
वित्तीय साक्षरता कार्यक्रममा सहभागिहरुलाई उद्यमशिलता, कर्जा, बचत, बीमा, विप्रेषणका साथै डिजिटल बैंकिङ्ग र वित्तीय संस्थाले दिने गैरवित्तीय सेवाका बारेमा प्रशिक्षण गरिएको थियो । प्रशिक्षणको क्रममा वित्तीय संस्थाको उद्धेश्य, इतिहास, समुह, केन्द्र, कर्जा अनुशासन, बैंकिङ्ग कसुरका बारेमा वित्तीय साक्षरता कार्यक्रमका साक्षरता, शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुका साथै क्षेत्रीय कार्यालय कोहलपुरका ब्यवस्थापक धुव्रराज जोशी र केन्द्रीय कार्यालयका वरिष्ठ ब्यवस्थापक जिताराम गौतमले प्रशिक्षण गरेका थिए । वित्तीय साक्षरता कार्यक्रममा संचालन तथा उदघोषण ध्रुव्रराज जोशीले गरेका थिए ।
कार्यक्रममा सहभागिहरुले सेवाशुल्क ,ब्याजदर र किस्ता भुक्तानी प्रणाली बारेमा जिज्ञासा राखेका थिए । वित्तीय साक्षरता कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै वित्तीय साक्षरता तालिममा सहभागि हुँदै गर्दा आ आफना जिज्ञासा, नीतिनियम, गुनासावारेमा स्पष्ट गर्नु गराउनु कार्यक्रमको उद्धेश्य रहेको शाखा प्रमुख रुन्नता गौतमले जानकारी दिइन् ।



About Us
प्रतिक्रिया