काठमाडौं – नेपाल प्रहरीको तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को जिम्मेवारी हेरफेर भएको छ । आइतबार प्रहरी मुख्यालयको प्रबन्ध निर्देशनालयमा कार्यरत डीआईजी विनोद घिमिरेलाई कोशी प्रदेश प्रहरी कार्यालय पठाइएको छ।
त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा कार्यरत डीआईजी दिलिप सिंह देउवा प्रदेश समन्वय विभागमा सरुवा भएका छन्।
यस्तै, प्रदेश समन्वय विभागमा रहेर काम गरिरहेका डीआईजी दीपक बस्नेतलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा जिम्मेवारी तोकिएको छ।
यसअघि कोशी प्रदेश प्रहरी कार्यालयमा इश्वर कार्की कार्यारत थिए। उनी डीआईजीबाट एआईजीमा बढुवा भएपछि उनको ठाउँमा घिमिरेलाई सरुवा गरिएको हो।





About Us
प्रतिक्रिया