काठमाडौं – जिल्ला प्रहरी कार्यालय कैलालीले एक हप्ताको अवधिमा १४९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले मंसिर १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरेको ‘सर्च तथा स्वीप अपरेसन’ बाट १४९ जना फरार प्रतिवादी पक्राउ परेका हुन्।
सो कार्यालय मातहतका कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले अदालतबाट कैद तथा जरिवाना तिर्न बाँकी रहेर फरार रहेका व्यक्तिहरूलाई लक्ष्य बनाई अपरेसनसँगै जिल्लाभर कडा चेकजाँच तथा निगरानी गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय कैलालीबाट ६८ जना, इलाका प्रहरी कार्यालय मालाखेतीबाट २५जना, इलाका प्रहरी कार्यालय टीकापुरबाट २२ जना, इलाका प्रहरी कार्यालय भजनीबाट १० जना, इलाका प्रहरी कार्यालय सुखडबाट ९ जना, इलाका प्रहरी कार्यालय सडकपुरबाट ७ जना, इलाका प्रहरी कार्यालय लम्कीबाट ६ जना र इलाका प्रहरी कार्यालय चिसापानीबाट २ जना पक्राउ गरिएको प्रहरीले बताएको छ ।
फरार प्रतिवादीहरूलाई पक्राउ गरी आवश्यक प्रक्रिया पूरा गर्दै सबैलाई सम्मानित जिल्ला अदालत कैलालीमा पेश गरिएको प्रहरीले जनाएको छ ।



About Us
प्रतिक्रिया