काठमाडौं – इक्रा नेपालले युनाइटेड अजोड इन्स्योरेन्सको रेटिङ ट्रिपल बी प्लस कायम गरेको छ । इन्स्योरेन्सलाई ‘नकारात्मक प्रभावको निगरानीमा राखिएको’ अवस्थाबाट हटाएको हाे। इक्राले कम्पनीले आफ्नो वित्तीय दायित्वहरू समयमै चुक्ता गर्ने क्षमतामा मध्यम स्तरको सुरक्षा रहेको भन्दै यस्तो अवस्थाबाट हटाएको हो ।
‘नकारात्मक प्रभावको निगरानी’ बाट रेटिङ हटाइनुको मुख्य कारण गत भदौमा भएको जेनजी आन्दोलन र असोजको बाढी/पहिरोसम्बन्धी दाबीहरूले कम्पनीको तरलता र वित्तीय शक्तिमा पार्ने प्रभाव सहनसक्ने स्पष्टता बढ्नु रहेको बताएको छ ।
पुनर्बिमा व्यवस्थापन, पर्याप्त नगद तरलता तथा बलियो वित्तीय विवरणले दाबीहरूको भुक्तानी सहज रूपमा गर्न सहयोग पुर्याउने इक्रा नेपालको भनाई छ ।






About Us
प्रतिक्रिया