नेपालमा लगानी बढाउन चिनियाँ निजी क्षेत्रलाई चेम्बरको आग्रह

नेपालमा लगानी बढाउन चिनियाँ निजी क्षेत्रलाई चेम्बरको आग्रह


बैकिङ्ग समाचार,काठमाडौं । 

नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी बढाउन चिनियाँ निजी क्षेत्रलाई आग्रह गरेको छ । 

जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्लले चिनियाँ निजी क्षेत्रलाई नेपालमा लगानी बढाउन आग्रह गरेका हुन् ।  प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणअघि चेम्बरले चिनियाँ निजी क्षेत्रसँग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्वन्धबारे छलफल गरेको हो ।

अध्यक्ष मल्लले नेपालको जलविद्युत, कृषि , सूचना प्रविधि, पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी क्षेत्रलाई आग्रह गरेका छन् । लगानीका लागि हुने नीतिगत कठिनाई अन्त्यका लागि सरोकारवाला सरकारी निकायमा नेपाल चेम्बर अफ कमर्सले पहल गर्ने अध्यक्ष मल्लले बताए । 

उनले नेपाल चीनबीचको व्यापार सम्झौतालाई समय सापेक्षा पुनरावलोकन गरेर ब्यापार सहजीकरण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल चीनबीच यसअघी भएको पारवहन सम्झौताको प्रभावकारी कार्यन्वयन एवं उत्तरी छिमेकीसँगको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गर्नुपर्नेमा समेत जोड दिएका छन् । 

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई मुलुकबीच ब्यापार सहजीकरण गर्ने विषयलाई उच्च प्राथमिकतामा राख्ने गरी चेम्बरले सुझाव समेत दिएको छ ।