मन्त्रिपरिषद् बैठक: ७ लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय


काठमाडौं – मन्त्रिपरिषद् बैठकले अहिलेकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ। आज (शुक्रबार) सिंहदरबारमा बसेको क्याविनेट बैठकले यस्तो निर्णय लिएको हो।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जनाएअनुसार सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि सात लाख थान विधुतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरियसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।

राहदानीको अभाव देखिएपछि सरकारले सम्झौता रद्द भइसकेको फ्रान्सेली कम्पनीसँगै अन्तरिम अवधिका लागि राहदानी खरिद गर्ने तयारी गरेको हो।