काठमाडौं – नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजीपी) चन्द्र कुवेर खापुङको बढुवामा छुटेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)विश्व अधिकारीलाई महानिरीक्षक दान बहादुर कार्कीले बढुवा गरेका छन्।
अधिकारीलाई मंसिर १ गते बढुवा समितिले एकल बढुवा सिफारिस गरेको हो। अधिकारी यसअघि पहिलो वरियतामा हुँदा पनि एसएसपीबाट डिआइजीमा बढुवा हुन् छुटेका थिए। २०८० वैशाख २४ मा भएको एसएसपी बढुवामा अधिकारी पहिलो नम्बरमा थिए।
पहिलो नम्बरलाई छुटाएर २ देखि ६ नम्बरसम्मका एसएसपीलाई डिआइजी सिफारिस गरिएपछि उनी असन्तुष्ट देखिएका थिए। भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेलाई डिआइजीमा बढुवा गर्दा पहिलो वरियताका अधिकारीलाई बढुवामा छुटाइएको थियो।
उनलाई जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुखका रूपमा रहेकाले गर्दा बयान र अनुसन्धानका लागि भन्दै वरियतामा पहिलो स्थानमा भएतापनि बढुवा गराइएकाे थिएन। तर, छैटौँ वरीयतासम्म रहेका प्रहरी अधिकृतहरू बढुवामा परेका थिए।
उनले जिल्ला प्रहरी परिसर प्रमुख हुँदा ५ हजार ५ सय बढी अपराधी समात्नुका साथै, चर्चित गुन्डा नाइकेहरू चक्रे मिलन, सानुभाई भनिने गुण्डाहरुलाई कानुनी दायरामा ल्याएका थिए। उनी २०८१ सालको माघमा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा अधिकारीलाई सरुवा गरिएको थियो।
६ महिने कार्यकालमा उनले गुन्डाका नाइकेहरूको भागाभाग परेका थिए। जिल्ला प्रमुख हुनु अघि उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए। उनी माथि गत भदौ २३ र २४ गते भएका जेनजी आन्दोलनका क्रममा बल प्रयोग गर्न निर्देशन दिएको आरोप लागेको छ। घटनापछि प्रहरी मुख्यालयले उनलाई काठमाडौं प्रहरी परिसरबाट बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतको अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा, हेटौडा–मकवानपुरमा सरुवा गरेको थियो।
उक्त पदमा एसएसपी रमेश थापालाई ल्याइएको हो। प्रहरी निरीक्षकबाट २०५६ सालमा प्रहरी सेवामा प्रवेश गरेका उनी निरीक्षकबाट नायव उपरीक्षक र उपरीक्षक बन्दा तेस्रो वरियतामा बढुवा भएका थिए। यस्तै, वरिष्ठ उपरीक्षक बढुवामा एक नम्बरमा बढुवा भएका थिए। उनी खत्री, भट्टराई, अधिकारी, खनाल र काफ्ले बढुवा भएको २३ दिन पछि डिआईजी बढुवा सिफारिस भएका हुन्। जसले उनको अबको बढुवा प्रक्रियामा कस्तो प्रभाव पर्ला भने विषयमा प्रश्न चिन्ह खडा गरेकाे छ।





About Us
प्रतिक्रिया