सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा


काठमाडौं – सुपर मादी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । मंसिर ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र सोको (कर प्रयोजनार्थ) सहित ०.२६४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

साथै, सो लाभांश वितरण गर्न कम्पनीले आगामी १६ औं वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १७ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ। यसअनुसार मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।