तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?


काठमाडौं – अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ भने त्यति नै परिमाणको चाँदी ३५ रुपैयाँले बढेको छ।

आज एक तोला सुनको मोल दुई लाख ४३ हजार रुपैयाँ निर्धारण भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार १८५ रुपैयाँ कायम भएको छ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।