काठमाडौं – अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ। मङ्गलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले बढेको छ भने त्यति नै परिमाणको चाँदी ६० रुपैयाँले बढेको छ।
आज एक तोला सुनको मोल दुई लाख ४२ हजार ३०० रुपैयाँ निर्धारण भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार १५० रुपैयाँ कायम भएको छ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।





About Us
प्रतिक्रिया