सिटिजन लाइफको नाफा १३ करोड १४ लाख, अन्य सूचक कस्ता ?


काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १३ करोड बढी नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै तीन महिनामा १३ करोड १४ लाख नाफा आर्जन गरेको बताएको हो । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले १३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

असोजसम्ममा कम्पनीको महाविपत्ति कोषमा २३ करोड १० लाख, रिटेन्ड अर्निङमा १ अर्ब १५ करोड ६९ लाख र अन्य इक्विटीमा ६० करोड ८६ लाख रहेको छ भने जीवन बीमा कोषमा २१ अर्ब ५९ करोड १० लाख रहेको छ ।

असोजसम्ममा कम्पनीले २ अर्ब २३ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको यस अवधिसम्म कम्पनीले १ अर्ब ७४ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । यस्तै, कम्पनीले पहिलो तीन महिनामा २ अर्ब १२ करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।