एनएलजी इन्स्योरेन्सको आम्दानी ३९ करोड बढी


काठमाडौं – चालु आर्थिक वर्षको पहिलो ३ महिनामा एनएलजी इन्स्योरेन्स कम्पनीले ३९ करोड बढी कुल आम्दानी गरेको छ । पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले ३९ करोड ४० लाख ८८ हजार आम्दानी गरेको बताएको हो । गत आर्थिक वर्षको असोज मसान्तसम्म ३१ करोड १४ लाख ३६ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो ।

यता, आम्दानी ढ्दापनि कम्पनीले पहिलो तीन महिनामा १० करोड १० लाख रुपैयाँ घाटा व्यहोरेको छ । जबकी गत आर्थिक वर्षको असोजसम्म कम्पनीले ४ करोड ८९ लाख नाफा आर्जन गरेको थियो । असोजसम्ममा कम्पनीले १७ करोड ५७ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

त्यस्तै, कम्पनीको कुल खर्चमा बढेको छ । गत वर्षको असोजसम्ममा २३ करोड ८४ लाख ५५ हजार खर्च गरेको कम्पनीले ५२ करोड २७ लाख १० हजार खर्च गरेको छ । हाल २ अर्ब ५६ करोड ५२ लाख चुक्तापुँजी रहेको कम्पनीको महावित्तपत्ति कोषमा ८ करोड ५७ लाख रहेको छ।