सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा तीन महिनामा ३० करोड ९० लाख ब्याज आम्दानी


काठमाडौं – सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड बढी खुद ब्याज आम्दानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै ३० करोड ९० लाख खुद ब्याज आम्दानी गरेको देखाएको हो । गत वर्षको यस अवधिमा कम्पनीले ३४ करोड ७१ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै, चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २९ करोड ८५ लाख घाटा ब्यहोरेको छ । जबकी गत वर्षको यस अवधिमा ६ करोड ४० लाख नाफा कमाएको थियो । कम्पनीको कुल खर्च ९२ करोड ३४ लाख पुगेको छ । यस्तै, असोजसम्ममा कम्पनीले आफ्ना अभिकर्तालाई ८० करोड ९२ लाख कमिशन खुवाएको छ ।