काठमाडौं – बैंक तथा वित्तीय संस्थाबाट हुने लगानी बढ्न नसक्दा अत्यधिक तरलता थुप्रिएको छ । विगत दुई वर्षदेखि लगातार रुपमा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएर बसेको हो ।
बैंकिङ्ग प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज पुनः ५० अर्ब खिच्ने भएको छ । राष्ट्र बैंकले आज अर्थात् कात्तिक ३० गते ८४ दिनको लागि ५० अर्ब निक्षेप संकलन गर्न लागेको हो । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने २०८२ माघ २५ गते साँवा तथा ब्याज भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने बताएको छ । निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने उल्लेख छ ।






About Us
प्रतिक्रिया