नेपाल प्रहरीका आईजीपी चन्द्रकुबेर खापुङले गरे प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट


काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले बुधवार प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा खापुङले आफ्नो कार्यकाल समापनको अवसरमा प्रधानमन्त्री कार्कीसँग भेट गरी विदाइ गरेका हुन्। 

विदाइ भेटका क्रममा खापुङसँग उनका उत्तराधिकारी दानबहादुर कार्की पनि उपस्थित थिए। प्रधानमन्त्री कार्कीले खापुङलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी जीवनका लागि शुभकामना व्यक्त गरेकी थिइन्। 

सो अवसरमा आईजीपी खापुङले पनि प्रधानमन्त्री कार्कीको नेतृत्वमा भएको सरकारको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै प्रहरी सङ्गठनको सुधार, सेवा प्रवाह र शान्ति सुरक्षाको क्षेत्रमा सरकारले दिएको समर्थनको प्रशंसा गरेका थिए।

खापुङले गत भदौँ १९ गते प्रहरीको महानिरीक्षकको जिम्मेवारी सम्हालेका थिए। अब कार्कीले भोलीबाट महानीरिक्षकको जिम्मेवारी सम्हाल्ने छन्।