आज तोलामा २१ सयले घट्यो सुनको मूल्य


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदी सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २१ सय रुपैयाँले घटेको हो।

आज सुन तोलामा २ लाख ४४ हजार ३ रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलाको २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेको हो। आज चाँदी तोलामा ३१ सय ७५ रुपैयाँ कायम भएको छ।