काठमाडौं – दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ । मङ्गलबार उक्त उद्योगले पहिलो किस्ताबापत ८६ लाख ३० हजार रुपैयाँ बुझाएपछि काटिएको लाइनबाट सोही दिनदेखि विद्युत् आपूर्ति गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त उद्योगको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेकामा हिजो उक्त रकम दाखिला गरेको हो । उक्त उद्योगको बक्यौतालाई २८ किस्तामा विभाजन गरिएको छ ।



About Us
प्रतिक्रिया