तीन दिनमा ८ हजारले बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्य तोलामा ४९ सय रुपैयाँले बढ्यो


काठमाडौं – मंगलबार नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४९ सय रुपैयाँले बढेको हो ।

आज सुन तोलामा २ लाख ४६ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलाको २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार २ सय रुपैयाँले बढेको सुनको मूल्य, सोमबार २९ सयले बढेको थियो । यस्तै, आज ४९ सयले मूल्य बढेसँगै तीन दिनमा सुनको मूल्य ८ हजार रुपैयाँले बढेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य १०५ रुपैयाँले बढेको हो। आज चाँदी तोलामा ३१ सय ७० रुपैयाँ कायम भएको छ।