फिनटेक अलान्यस नेपालको नयाँ नेतृत्व चयन, अध्यक्षमा अमित अग्रवाल आउँदा कार्यसमितिमा आईमार्कका शर्मा


काठमाडौं – फिनटेक एलायन्स नेपाल (फन) ले आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा आइएमइ खल्ती लिमिटेडका सह–संस्थापक तथा निर्देशक अमित अग्रवाल चयन भएका छन् । ललितपुरको स्क्वाएर होटलमा सम्पन्न भएको कम्पनीको तेस्रो वार्षिक साधारण सभाले सात सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

अध्यक्षसँगै नयाँ कार्यसमितिमा सिनर्जी टेक सफ्टवेयर प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र खड्का , प्लान बी सोलुसन्स प्राइभेट लिमिटेडका सह-संस्थापक विनोद पोखरेल, माछापुच्छ्रे बैंक लिमिटेडका सिनियर रिलेसनसिप मेनेजर विकास श्रेष्ठ, प्राइभेट लिमिटेडका सञ्चालक अशिष शर्मा ,एन.सी.एच.एल.लिमिटेडका प्रमुख परिचालन अधिकृत मुन्नी राजभण्डारी, आइ.एम.एस. सफ्टवेयर प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक सन्तोष ताम्रकार चयन भएका छन् ।

नेपालको वित्तीय प्रविधिको क्षेत्रमा नवप्रवर्तन र वित्तीय समावेशीकरण अगाडि बढाउने संस्था फिनटेक अलायन्स नेपालले नवनियुक्त अध्यक्ष अग्रवालको नेतृत्वमा संस्थाले फिनटेक क्षेत्रमा अझ प्रभावकारी याेजनाका साथ अगाडि बढ्ने अपेक्षा राखिएको छ। यसअघि कम्पनीका अध्यक्षमा साजन शर्मा रहेका थिए ।

नवनियुक्त अध्यक्ष अग्रवाललाई बधाई दिँदै निवर्तमान अध्यक्ष एवम् काठमाडौं फिनटेकका संस्थापक सञ्जीव सुब्बाले उनको दूर दृष्टिपूर्ण नेतृत्वले नेपालको फिनटेक इकोसिस्टमलाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।नेपालमा फिनटेक इनोभेसन र डिजिटल वित्तीय समावेशीकरणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको फिनटेक अलायन्स नेपालले  एसिया फिनटेक अलायन्स (एएफए) को सदस्यता पाएको संस्था हो ।

तीन वर्षअघि स्थापना गरिएको फिनटेक एलायन्स नेपाल अहिले ३० भन्दा बढी संस्थागत सदस्यसहित देशकै प्रमुख फिनटेक समुदायको प्रतिनिधिका रूपमा स्थापित हुँदै आएको छ।