गार्डियन र क्रेष्ट माईक्रो लाइफद्वारा ५ लाख ६८ हजार कुल बीमा शुल्क आर्जन

गार्डियन र क्रेष्ट माईक्रो लाइफद्वारा ५ लाख ६८ हजार कुल बीमा शुल्क आर्जन


बैंकिङ्ग समाचार, काठमाडौं । 
आर्थिक वर्ष २०८० र८१ को साउन महिनामा दुई माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुले ५ लाख ६८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार दुई कम्पनीले साउन महिनामा मात्रै गार्डियन माईक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले ४ सय ७४ वटा पोलिसी मार्फत सो मात्राको प्रिमियम संकलन गरेका हुन् ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स
गार्डियन माइक्रो लाइफले साउन महिनामा ४ लाख माथि लघुबीमा व्यवसाय गर्न सफल भएका छन् । यस माईक्रो लाइफले ३५५ वटा बीमा पोलिसी विक्री गरी ४ लाख २३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यस कम्पनीले असार २२ गते कोशी प्रदेशको विराटनगर ७ मोरङमा केन्द्रिय कार्यालय विस्तार गरी व्यवसाय संचालन गर्दै आइरहेको छ ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स
त्यस्तै, क्रेष्ट माइक्रोले एक लाख ४५ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । कम्पनीले एक महिनामा ११९ वटा पोलिसीमार्फत सो रकम बराबरको बीमाशुल्क संकलन गरेको हो । कम्पनीले गत साउन १० गतेदेखि कणाली प्रदेशको विरेन्द्रनगर केन्द्रीय कार्यालय विस्तार गरी व्यवसाय गर्दै आइरहेको छ