खुद ब्याज आम्दानीसँगै घट्यो सेन्ट्रल फाईनान्सको नाफा


काठमाडौं – सेन्ट्रल फाईनान्स लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ करोड ८४ लाख रुपैयाँको खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु आवमा १ करोड भन्दा बढी नाफा कमाएको हो। जबकि, कम्पनीले गत वर्षको सोही अवधिमा ४ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

यससँगै यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी करिब २ करोड रुपैयाँले घटेको छ । गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी ५ करोड ५३ लाख रुपैयाँ रहेकोमा यस वर्ष करिब २ करोड रुपैयाँले घटेर ३ करोड ७७ लाख रुपैयाँमा कायम भएको छ ।

यता कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) १३ रुपैयाँ ९ पैसाले घट्दा कर्मचारी खर्च भने बढेको छ । गत वर्ष कर्मचारी खर्च ३ करोड ३६ लाख रुपैयाँ रहेकोमा यस वर्ष ३ करोड ४७ लाख रुपैयाँ कायम भएको छ । जुन गत वर्षको तुलनामा यस वर्ष झन्डै १० लाख रुपैयाँले बढी हो ।