माउन्टेन इनर्जी नेपालद्वारा अहिलेसम्म कै उच्च २१ प्रतिशत बढी लाभांश घोषणा


काठमाडौं – माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको कम्पनीले जनाएको छ।

जस अनुसार कम्पनीले आव२०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

कम्पनीले मङ्सिर २९ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि मङ्सिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।  मङ्सिर १६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्। कम्पनीले हालसम्म कै सबैभन्दा धेरै लाभांश घोषणा गरेको हो । साथै जलविद्युत कम्पनीहरूमध्ये पनि कम्पनीले प्रस्ताव गरेको लाभांश सबैभन्दा धेरै हो।