बैंकहरुको मुद्दती निक्षेपमा २ अर्ब ७१ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा करिब पौने ३ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड ८५ रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न भएको हो ।

यसका लागि कात्तिक २३ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ । यो लगानी सन् २०२५ नोभेम्बर २३ देखि २०२६ नोभेम्बर २३ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब १७ करोड ४९ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४० करोड ७७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड ५९ लाख रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गर्नेछ।