प्यान कार्ड र करसम्बन्धी सेवा अब स्थानीय तहबाटै


काठमाडौं – सरकारले आन्तरिक राजस्व विभाग अन्तर्गतको करदाता सेवा कार्यालय खारेज गरेसँगै अब स्थायी लेखा नम्बर (प्यान नम्बर) स्थानीय निकायबाटै लिन सकिने भएको छ ।

सरकारले ‘प्यान’ जारी गर्ने व्यवस्था स्थानीय तहलाई दिएसँगै अब सेवाग्राहीले आफू बस्ने नगरपालिका वा गाउँपालिकामा गएर प्यान बानउन सकिनेछ । स्थानीय तहले प्यान वितरण सेवा सुचारु नगरेको अवस्थामा भने जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट ‘प्यान’ बनाउन सकिनेछ ।

आन्तरिक राजस्व विभागले करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरेको भए पनि अन्य वैकल्पिक व्यवस्था नभएसम्मको लागि अहिलेकै करदता सेवा कार्यालयबाट नै सेवा सुचारु हुने जनाएको छ।