बैंंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बीमा प्राधिकरणले एकीकृत सफ्टवयरमा गलत बिवरण प्रविष्ट गरी नियामकलाई ढाँटेको भन्दै १९ बीमा कम्पनीलाई कारवाही प्रक्रिया अघि बढाएको छ । बीमा कम्पनीहरूको एकीकृत सफ्टवयर आईआरआएमएसमा कम्पनीहरुले व्यवसायको विवरण पेस गर्दा फरक परेको भन्दै प्राधिकरणले कारवाही गर्न स्पष्टिकरण सोधिएको जनाएको छ ।
साउन १ गते अनसाइट अनुगमनको क्रममा प्राप्त विवरण र कम्पनीले नेपाल बीमा प्राधिकरणको सिष्टारममा पेश गरेको विवरण फरक परेपछि प्राधिकरणले साउन २९ गते नै पत्र लेखेर कम्पनीहरूसगँ स्पष्टिकरण सोधेको थियो । अब कम्पनीहरूले बुझाउने लिखित जवाफ हेरेर कारवाहीको निर्णय हुनेछ ।
प्रतिक्रिया