एलआईसी नेपालले सार्वजनिक गर्यो नयाँ बोनसदर, बीमितले न्युनतम ४१ अधिकतम ६४ रुपैयाँसम्म पाउने

एलआईसी नेपालले सार्वजनिक गर्यो नयाँ बोनसदर, बीमितले न्युनतम ४१ अधिकतम ६४ रुपैयाँसम्म पाउने


बैंकिङ्ग समाचार, काठमाडौं । 
एलआइसी नेपालले   आर्थिक वर्ष २०७८।०७९ को नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आव २०७८।७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मुल्यांकन सम्बन्धि बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणको भदौ ३ गतेको पत्राअनुसार स्वीकृत भएकोले कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरेका विभिन्न जीवन बीमालेखहरुमा बोनसदर सार्वजनिक गरेको छ । 

कम्पनीले सावाधिक, जीवन बीधा, जीवन साथी, जीवन श्री योजनामा प्रतिहजार न्युनतम ५१ रुपैयाँदेखि अधिकतम ६१ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमध्ये ५ देखि ९ वर्ष अवधिको ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वर्षदेखि माथिको ६१ रुपैयाँ बोनस तोकेको छ ।

जीवन आन्नद बीमा
यस जीवन बीमा ३४२ योजनामा कम्पनीले प्रति हजार ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस दिने भएको छ । यस बीमा योजनमा ५ देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ५२ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५७ रुपैयाँ, २५ देखि माथि अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।
यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको १ लाख १४ हजार ८७० वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ५५ रुपैयाँ बोनस पाउनेछन् ।

बाल सावाधिक बीमा 
बाल सावाधिक ३४९ बीमा योजनामा कम्पनीले प्रतिहजार न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म बोनसदर तोकेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिको ६३ रुपैयाँ र ३० वर्षदेखि माथिको प्रतिहजार ६४ रुपैयाँ बोनसदर प्रदान गर्ने बताएको छ ।

धन वृष्टि योजना
यस बीमा योजनामा कम्पनीले २० वर्ष अवधिको लागि प्रतिहजार ५७ रुपैयाँ, २५ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ र २५ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ । यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै २० वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको १५ सय २२ वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ५७ रुपैयाँ बोनस पाउनेछन् ।

बाल ममता र बाल स्नेह
यस योजनामा कम्पनीले १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५५ रुपैयाँ,१६ देखि २० वर्ष अवधिको लागि प्रति हजार प्रतिहजार ५७ रुपैयाँ र २१ वर्षदेखि माथि अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ । यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै १६ देखि २० वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको १७ हजार ७४० वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ५७ रुपैयाँ बोनस पाउनेछन् ।

नयाँ जीवन तरंग बीमा
जविन तरंग र नयाँ जीवन तरंग बीमा योजनामा कम्पनीले १० वर्ष अवधिको प्रतिहजार ५० रुपैयाँ, १५ वर्ष अवधिको ५१ रुपैयाँ, २० वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ ।

लघु सावाधिक
लघु सावाधिक योजनामा कम्पनीले १५ वर्ष अवधिका लागि ४१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ । 

जीवन बचत 
यस योजनामा कम्पनीले ५ देखि ९ वर्षका लागि ४१ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ५२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५६ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि ६१ रुपैयाँ बोनश सदने घोषणा गरेको छ ।
यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै २५ वर्षदेखि माथिको योजना खरिद भएको छ । यस अवधिको ७१४ वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ६१ रुपैयाँ बोनस पाउनेछन् ।