प्रहरी कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न पक्राउ


काठमाडौं – जेनजी प्रदर्शनको क्रममा सिंहदरबार, संसद् भवन, प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनहरूमा तोडफोड आगजनी गर्नुका साथै प्रहरी युनिफर्म र ट्राफिक हुईल लक समेत लुटी दुरुपयोग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका–५ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–३ बस्ने १८ वर्षीय  शिवम चौधरी यादव रहेका छन् । उनले सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्ने तथा आक्रमण गर्नका लागि भिडलाई उत्तेजित पार्ने अभिव्यक्ति दिने कार्य गरेको प्रहरीले बताएको हो । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरबाट खटिएका प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरेको जनाएको छ ।