अबि नारायण काफ्ले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता नियुक्त


काठमाडौं – नेपाल प्रहरीको केन्द्रिय प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डीआईजी)अबि नारायण काफ्ले नियुक्त भएका छन्।

नेपाल प्रहरीले सम्पादित जनसरोकारका कार्य र कारवाहीलाई तथ्यपरक र यथार्थ ढंगले सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि उनलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  

प्रहरी नायव महानिरीक्षक काफ्लेलाई आवश्यक जानकारीका लागि ९८५१२९२१११ नम्बरमा वा [email protected] इमेलमार्फत सम्पर्क गर्न सकिने बताइएको छ।