गुहेश्वरी मार्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – गुहेश्वरी मार्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले एकजना संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो ।

सो शेयर खरिद गर्न इच्छुक यस संस्थाका संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् ।

इच्छुकले संस्थाको केन्द्रिय कार्यालय हरिहरभवन, पुल्चोक ललितपुरमा आफुले खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवेदन दिन सक्नेछन् ।