काठमाडौं – नेपाली बजारमा सुनको मूल्य फेरि बढ्न थालेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यतो लामा २ हजार ७०० रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला छापावाल सुन २ लाख ३९ हजार रुपैयाँ कायम भएको छ। बिहीबार स्थिर रहँदै तोलाको २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्यपनि तोलामा ८० रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी २ हजार ९८० रुपैयाँमा किनबेच भएको थियो।
९ कात्तिकमा दुई लाख ४१ हजार ९ सय, १० कात्तिकमा दुई लाख ३९ हजार ९ सय र ११ कात्तिकमा दुई लाख ३७ हजार रुपैयाँ पुगेको थियो। यसरी लगातार चार दिनसम्म सुनको मूल्यमा १७ हजार २ सय रुपैयाँको गिरावट आएको थियाे । बिहीबार भने सुनकाे मूल्य स्थिर रहेकाे थियाे ।






About Us
प्रतिक्रिया