इचङ्गुनारायण मन्दिर एरियामा हतियार देखाई आंतक सिर्जना गर्ने २ जना पक्राउ 


काठमाडौं – काठमाडौंको इचङ्गुनारायण मन्दिर एरियामा हतियार देखाई सर्वसाधारणमा आंतक सिर्जना गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको लिखु घर भई  काठमाडौंको काठमाडौं महानगरपालिका – १७ नयाँबजार बस्ने २३ वर्षीय समिर श्रेष्ठ र काभ्रेपलान्चोकको  पनौती–१० खोपासी घर भई काठमाडौंको  क्षेत्रपाटी बस्ने एलेक्स नेपाली रहेका छन् ।

काठमाडौको इचंगुनारायण मन्दिर एरियामा हतियार देखाई सर्वसाधारणमा आतंक सिर्जना गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको ढल्कुबाट श्रेष्ठ समेतलाई पक्राउ गरी खानतलासी गरेको हो । 

प्रहरीले उनीहरूको साथबाट मोडेल ५४ क्यालोरी ७.६२–२५ मिमी ५०००००९८ पोलि टेक्नोलोजीज इंक चीन लेखिएको पेस्तोल १ थान, सोही पेस्तोलको खाली म्याग्जिन १ थान र ३११–२३ लेखिएको गोली १२ राउण्ड बरामद गरेको छ । 

हातहतियार तथा खरखजना सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ