भरुवा बन्दुकसहित एक जना पक्राउ


काठमाडौं – सल्यानको बनगाड कुपिण्डे नगरपालिका–७ पाखापानी बस्ने ५२ वर्षीय तिलक बहादुर रोकालाई भरुवा बन्दुक १ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले उनको घर नजिकै रहेको बाँसको झ्याङ्गबाट उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।