काठमाडौं – पूर्व प्रधानमन्त्री केपी ओलीसहित पाँच जनामाथि पासपोर्ट रोक्का र स्थान हद तोकेकोविरूद्ध सर्वोच्चमा रिट परेको छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान पासपोर्ट रोक्का र काठमाडौं उपत्यका छाड्न रोक लगाएको हो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि छानबिन गर्न बनेको पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उनीहरूलाई विदेश जान पासपोर्ट रोक्का र काठमाडौं उपत्यका छाड्न रोक लगाएको थियो । अधिवक्ता अधिवक्ता सुरेश सिलवालले उक्त निर्णयलाई खारेज गरी अबदेखि कसैलाई पनि रोक नलगाउन, नगर्न भन्ने परमादेश र उपयुक्त आदेशको माग गरेका हुन् ।
रिटमा उक्त निर्णयले संविधानद्वारा प्रत्याभूत स्वतन्त्रतामा हस्तक्षेप गरेको र नागरिकको ‘सम्मानपूर्वक बाँच्न पाउने हक’ को उल्लङ्घन गरेको दाबी गरिएको छ। अधिवक्ता सिलवालले रिटर्माफत पासपोर्ट रोक्का गर्ने र स्थान हद तोक्ने निर्णयलाई खारेज गर्न माग गर्दै अबदेखि यस्तो रोक नलगाउन परमादेश र अन्य उपयुक्त आदेश जारी सर्वोच्चमा रिट दायर गरेका हुन् । सर्वोच्च अदालत प्रशासनले रिट प्राप्त गरी हाल अध्ययनरत रहेको बताइएको छ ।






About Us
प्रतिक्रिया