बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा जिआईसीले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा २८ करोड एक लाख ८२ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १४.०१ रुपैयाँ रहेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ९३ दशमलव ३६ प्रतिशतले वृद्धि भएको छ ।
गत असारसम्म कम्पनीको बीमा शुल्क आर्जन १२६.४७ प्रतिशत बढेर ६२ करोड ८८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीले गत आर्थिक वर्ष २८ करोड ६२ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १० करोड १६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब पुगेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ०१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ६५ पैसा रहेको छ ।






About Us
प्रतिक्रिया