काठमाडौं – गोर्खाज फाइनान्स संस्थाको सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले राजीनामा दिएका छन् । बुढाथोकीले आफ्नो व्यक्तिगत कारण देखाई अध्यक्ष तथा सञ्चालक समितिको सदस्य पदबाट कात्तिक ९ गते राजीनामा दिएका हुन् ।
संस्थाको कात्तिक ११ गते मंगलबार बसेको सञ्चालक समितिको ५३२ औं बैठकको निर्णयअनुसार बुढाथोकीले दिएको राजीनामा सोही मितिदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।
साथै, सोही बैठकले रिक्त रहेको सो पदमा कल्पना खापुङलाई सर्वसम्मत निर्णय चयन गरेको छ। आपुङको कार्यकाल कात्तिक ११ गते अर्थात् आजदेखि सुरु हुनेछ ।



About Us
प्रतिक्रिया