काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा नेपाल राष्ट्र बैंकले कुल ६७ खर्ब ८५ अर्ब ६० करोड रूपैयाँ तरलता प्रशोचन गरेको छ। समीक्षा अवधिमा केन्द्रीय बैंकले निक्षेप सङ्कलन बोलकबोलमार्फत ४ खर्ब ७४ अर्ब ३५ करोड र स्थायी निक्षेप सुविधामार्फत ६३ खर्ब ११ अर्ब २५ करोड गरी कुल ६७ खर्ब ८५ अर्ब ६० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरेकाे छ।
अघिल्लो वर्षकोसोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणमार्फत पटक–पटक गरी खुद ४४ खर्ब ७६ अर्ब ४५ करोड तरलता प्रशोचन गरिएको थियो । आर्थिक वर्ष २०८२/८३ को दुई महिना (२०८२ भदौसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर १ अर्ब ६ करोड खुद खरिदगरी १४९ अर्ब ४२ करोड रूपैयाँ तरलता प्रवाह गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाटअमेरिकी डलर ८३ करोड ४७ लाख खुद खरिद गरी १११ अर्ब ९७ लाख रूपैयाँतरलता प्रवाह गरेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर ३८ करोड बिक्री गरी ५३ अर्ब २४ करोड रूपैयाँ बराबरको भारतीय रूपैयाँ खरिद भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ५६ करोड बिक्री गरी ७५ अर्ब ३९ करोड रूपैयाँबराबरको भारतीय रूपैयाँ खरिद भएको थियो।






About Us
प्रतिक्रिया