किष्ट अस्पतालमा गर्भवतीको मृत्यु भएपछि तनाव


काठमाडौं -चिकित्सकको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले घेरेपछि ललितपुरकाे इमाडोलस्थित किस्ट अस्पताल तनावग्रस्त भएको छ।

कात्तिक ९ गते आइतबार देखि नै आक्रोशित आफन्तले सोमबार पनि प्रदर्शन गर्ने भएपछि किस्ट अस्पताल परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीले अस्पताल परिसरलाई घेरेर राखेको छ । अस्पताल बाहिर ठूलो संख्यामा मृतकका आफन्त र परिवारका सदस्य भेला भएका छन्। उनीहरुले आज पनि अस्पताल परिसरमा ढुंगामुढासहित तोडफोड गरेका हुन् ।  प्रदर्शनकारीहरु ढुंगामुढासहित अस्पताल पुगेका थिए ।

गत शुक्रबार मीना राईको सुत्केरी गराउने समयमा मृत्यु भएको थियो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरुको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरुको भनाइ छ। आक्रोशित आफन्तहरुले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।