प्रभु बैंकको ४ लाख २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा 


काठमाडौं –  प्रभु बैंक लिमिटेडले  आजदेखि विभिन्न १० जना संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले शेयरधनीको स्वामित्वमा रहेको जम्मा ४ लाख २२ हजार ८०७ कित्ता शेयर बिक्रीमा राखेको हो । 

विद्यमान संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा उनीहरूबाट कुनै आवेदन नपरेकाले अहिले सो शेयर आम सर्वसाधारणका लागि  बिक्री गर्न लागेको बैंकले जनाएको छ ।

उक्त शेयर खरिदका लागि लगानीकर्ताले यो सूचना प्रकाशित भएको १५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड टेष्टको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्नेछ ।